चिलीमा बन्यो कपडाको विशाल पहाड (तस्वीरहरू)

काठमाडौँ । दक्षिण अमेरिकी देश चिली सुन्दर भूवनावटका कारण विश्वभर चर्चित रहेको छ । चिलीमा रहेका सुन्दर पहाडका कारण लाखौँ पर्यटक भ्रमणका लागि पुगेका हुन्छन् ।
चिलीमा २० हजारभन्दा माथिका २२ वटा पहाडहरू रहेका छन् । यसैबीच चिलीको अटाकामा मरुभूमिमा एक नयाँ पहाड बनेको छ । यो पहाड पूरै कपडा र जुत्ताले मात्रै बनेको समाचारमा जनाइएको छ । यस पहाडमा क्रिसमसको स्वेटरदेखि स्की जुत्तासम्मको फोहोर थुप्रिएको छ।
यो कपडाको पहाड हरेक वर्ष कम्तिमा ३९ हजार टन तौलका रुपमा बढ्दै गएको समाचार जनाइएको छ । तीव्र गतिमा फेसनका कपडा उत्पादन बढेका कारण यो पहाडमा कपडाको फोहोर तीव्र गतिमा बढ्न पुगेको हो ।

कपडालाई खुला ठाउँमा छाडेर जमिनमा गाड्दा वातावरणमा हानी पुर्याउँछ । यसको रसायन हावा र भूमिगत पानीमा पुगेर फोहोर बनाउँछ ।
हरेक वर्ष ५९ हजार टन कपडा आयात
चिली लामो समयदेखि पुरानो र बिक्री नभएका कपडाहरूको केन्द्र बन्न पुगेको छ । यी कपडाहरू चीन वा बंगलादेशबाट पुग्ने गरेको छ । करिब ५९ हजार टन कपडा वार्षिक रूपमा उत्तरी चिलीको अल्टो होस्पिसियो क्षेत्रको इक्विक पोर्टमा पठाइन्छ । जहाँ यो कपडा व्यापारीहरूले किन्छन् ।
यहाँबाट सिमाना पारेर अन्य ल्याटिन अमेरिकी देशहरूमा लुगा तस्करी हुने गरेको छ ।




















सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया