मंगलबार, जेठ ६, २०८२

चिलीमा बन्यो कपडाको विशाल पहाड (तस्वीरहरू)

मेरोन्यूज २०७८ कार्तिक २७ गते ६:५५

काठमाडौँ । दक्षिण अमेरिकी देश चिली सुन्दर भूवनावटका कारण विश्वभर चर्चित रहेको छ । चिलीमा रहेका सुन्दर पहाडका कारण लाखौँ पर्यटक भ्रमणका लागि पुगेका हुन्छन् ।

चिलीमा २० हजारभन्दा माथिका २२ वटा पहाडहरू रहेका छन् । यसैबीच चिलीको अटाकामा मरुभूमिमा एक नयाँ पहाड बनेको छ । यो पहाड पूरै कपडा र जुत्ताले मात्रै बनेको समाचारमा जनाइएको छ । यस पहाडमा क्रिसमसको स्वेटरदेखि स्की जुत्तासम्मको फोहोर थुप्रिएको छ।

यो कपडाको पहाड हरेक वर्ष कम्तिमा ३९ हजार टन तौलका रुपमा बढ्दै गएको समाचार जनाइएको छ । तीव्र गतिमा फेसनका कपडा उत्पादन बढेका कारण यो पहाडमा कपडाको फोहोर तीव्र गतिमा बढ्न पुगेको हो ।

कपडालाई खुला ठाउँमा छाडेर जमिनमा गाड्दा वातावरणमा हानी पुर्याउँछ । यसको रसायन हावा र भूमिगत पानीमा पुगेर फोहोर बनाउँछ ।

हरेक वर्ष ५९ हजार टन कपडा आयात

चिली लामो समयदेखि पुरानो र बिक्री नभएका कपडाहरूको केन्द्र बन्न पुगेको छ । यी कपडाहरू चीन वा बंगलादेशबाट पुग्ने गरेको छ । करिब ५९ हजार टन कपडा वार्षिक रूपमा उत्तरी चिलीको अल्टो होस्पिसियो क्षेत्रको इक्विक पोर्टमा पठाइन्छ । जहाँ यो कपडा व्यापारीहरूले किन्छन् ।

यहाँबाट सिमाना पारेर अन्य ल्याटिन अमेरिकी देशहरूमा लुगा तस्करी हुने गरेको छ ।

प्रतिक्रिया