जनकपुरमा हिन्दु–मुश्लिम झडप, दुई दिनको निषेधाज्ञा

जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाममा दुई समुदायकाबीच विवाद चर्किँदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठामा साम्प्रदायिक सदभावमा खलल पुग्ने गरी नाराजुलुस र हुलहुज्जत गरिरहेको भन्दै जिल्ला प्रशासनले कार्यालय धनुषाले शनिवार दिउँसो २ बजेदेखि आइतबार राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
भेला, जुलुस, र्याली, प्रदर्शन, सभा जस्ता क्रियाकला गर्न नपाउने गरी पूर्व जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको धनुषका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।
छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीयबीच भएको विवादले उग्र रुप लिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि विवाद चर्किएको थियो ।
सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि झडपको स्थिति उत्पन्न भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया