तीन प्रहरी निरीक्षक पुरस्कृत
मेरोन्यूज
२०७८ कार्तिक २७ गते १९:५७

काठमाडौं । भारतमा हालै सम्पन्न भारतीय प्रहरी सेवा (आईपीएस) तालिममा सहभागी नेपाल प्रहरीका तीन प्रहरी निरीक्षक पुरस्कृत भएका छन् ।
सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित उक्त तालिममा सहभागी प्रहरी निरीक्षक अनिल थापा, किरण रावत र सिमोन धिताल पुरस्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरूलाई फरकफरक तीन सम्मान प्रदान गरिएको जनाइएको छ ।
उक्त दीक्षान्त समारोहमा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए
दीक्षान्त समारोहमा नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षक किरण रावत, अनिल थापा, सुवास खतिवडा, होमनाथ रेग्मी र सिमोन धिताल गरी ५ प्रहरी अधिकृतको सहभागिता थियो ।
सम्बन्धित















पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया