प्रधानन्यायाधीशलाई गेटमै रोक्ने बारेको तयारी

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा रोक्ने गरी प्रदर्शन गर्ने बताएको छ । दुई सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालको मुख्य प्रवेशद्धार र प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने गेटमा समेत धर्ना दिने जनाइएको छ ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । बारले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने जनाएको छ ।
प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको भन्दै सर्वोच्चका न्यायाधीश र कानून व्यवसायीहरुले उनको राजीनामा माग गर्दै आएका छन् । तर जबराले राजीनामा नदिने बताउँदै आएका छन् ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया