नेपाली बजारमा सुन अभाव, कोटा बढाउन माग
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १२:२१

काठमाडौँ । नेपाल सुनचाँदी महासंघले सुनको कोटा बढाउन आग्रह गरेको छ । अहिले बजारमा दैनिक ३० किलो सुनको माग रहेको छ ।
हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति बढाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए ।
हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएको छ । त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउन महासंघले आग्रह गरेको छ ।
यस्तै, सुनको वितरण काठमाडौँ केन्द्रीत भएको भन्दै विकेन्द्रित गरी तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनु पर्नेमा अध्यक्ष शाक्यले जोड दिए ।
हाल राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।
सम्बन्धित









तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया