बलिउड अभिनेत्री शिल्पा सेट्टीको दाम्पत्तिविरुद्ध धम्काएकाे आरोप

काठमाडौँ । पोर्न भिडिओ बनाएको आरोपमा लामो समय जेल बसेका राज कुन्द्राविरूद्ध जालझेलको निवेदन परेको छ । कुन्द्रासँगै उनकी श्रीमती तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीसमेत उक्त आरोपमा मुछिएकी छन् ।
उनीहरूविरूद्ध मुम्बईस्थित बान्द्रा प्रहरी कार्यालमा निवेदन परेको समाचारमा जनाइएको छ । नितिन बराई नाम गरेका व्यक्तिले शिल्पा र राजले सन् २०१४ सालदेखि ‘स्पा तथा जिम’को फ्रेञ्चाइजीका नाममा जालझेल गरेको आरोप लगाउँदै निवेदन दिएका हुन् ।
नितिनले यस घटनामा काशिफ खान, दर्शित शाहसहित अन्य केही व्यक्तिमाथि समेत आरोप लगाएका छन् । नितिनका अनुसार उनीहरूले करिब दुई करोड ४० लाख रूपैयाँ हिनामिना गरेका हुन् ।
‘करिब दुई ४० लाख रूपैयाँ (एक करोड ५९ लाख २७ हजार भारू) रकम लगानी गरेँ, उनीहरूले सो रकम व्यक्तिगत रूपमा प्रयोग गरे,’ नितिनले भने, ‘पैसा फिर्ता मागेपछि आरोपित ९राज र शिल्पा०ले धम्की दिन थाले ।’
राज पोर्न फिल्म निर्माणको आरोपमा केही दिनअघि मात्रै मुम्बाई हाइकोर्टको फैसलामा जमानतमा रिहा भएका थिए । जेलबाट रिहा भएको केही समयमा नै उनीविरूद्ध प्रहरीमा निवेदन परेको हो । यो निवेदनमा शिल्पाको नामसमेत जोडिएको छ ।















कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया