विश्वकप छनौटमा रोनाल्डोको टोली पोर्चुगललाई कठिन
मेरोन्यूज
२०७८ कार्तिक २९ गते ११:४२

काठमाडौँ । स्टार फुटबल खेलाडी क्रिटियानो रोनाल्डो रहेको टोली पोर्चुगल कतार विश्वकप २०२२ मा छनौट हुन कठिन अवस्थामा पुगेको छ । आइतबार राति भएको खेलमा सर्बियाले जित निकालेसँगै पोर्चुगल कठिन अवस्थामा पुगेको हो ।
युरोपियन छनोटअन्तर्गत समूह ए को खेलमा सर्बियाले पोर्चुगललाई २–१ गोलले पराजित गरेको थियो । घरेलु मैदानमा रेनाटो सान्चेजको गोलमार्फत दोस्रो मिनेटमै पोर्चुगलले अग्रता लिए सफल भएको थियो ।
सर्बियाका लागि ३३ औँ मिनेटमा डुसान टाडिक र ९० औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गरेका थिए । जितपछि सर्बिया समूह ए को शीर्ष स्थानमा रही विश्वकपमा पुगेको छ ।
१७ अंक रहेको पोर्चुगलले अब प्लेअफ खेल्नु पर्ने भएको छ ।
सम्बन्धित









सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया