विधिभन्दा बाहिर न्यायपालिका हिँडाउने छैन : प्रधानन्यायाधीश (पत्रसहित)

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायलयमा देखिएको गतिरोध अन्त्य गर्न आह्वान गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनलाई संवाद गर्न आह्वान गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले न्यायपालिकाभित्र उत्पन्न भएका गतिरोधले आफूहरूतर्फ प्रश्न उठेको भन्दै यसलाई समाधान गर्न सबैको दायित्व भएको बताए । ‘आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका करण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताले विश्वासको शीरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरूको साझा दायित्व हो ।’
यस्तै, प्रधानन्यायाधीश जबराले न्यायपालिकाले सधैँभरी विधिको बाटो मात्र हिँड्नु पर्ने भन्दै आफूले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू नगरेको भन्दै एकताबद्ध हुन गरे ।


















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया