आइतबार, चैत २९, २०८२

नेकपा ‘विप्लव’ले गरेको बन्दका कारण सर्वसाधारणलाई सास्ती

मेरोन्यूज २०७८ कार्तिक ३० गते ७:०१
फाइल फोटो

काठमाडौँ । नेपाल कम्यनिष्ट पार्टी नेकपा ‘विप्लव’ले गरेको बन्दका कारण सर्वसाधारणलाई सास्ती भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार गरेको बन्दले सवारी साधान सञ्चालन हुन नसक्दा यात्रुलाई सास्ती भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल आयल नगमलले पछिल्लो समय बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले आजका लागि नेपाल बन्दको आह्वान गरेको थियो । बन्दका कारण यातायात, विद्यालय, बजारलगायतका क्षेत्र प्रभावित भएका छन् । बन्द साँझ ५ बजे खुल्ने नेकपाले जनाएको छ ।

नेकपाले गरेको बन्दका कारण लामो तथा छोटो दुरीका यात्रुले सास्ती भोगेका छन् । बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएका छन् ।

प्रतिक्रिया