सुदूरपश्चिममा विप्लव बन्दको प्रभाव,स्कर्टिङ गरेर सवारी साधन चलाउँदै प्रहरी

कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । प्रहरीले भने बन्दको प्रभाव सामान्य देखिएको जनाएको छ।
मंगलबार बिहानदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी तथा अत्यावश्यक सामान तथा खाद्यन्नका गाडीहरु सडकमा निर्बाध गुडिरहेका प्रहरीले जनाएको छ। ‘लामो दुरीका सवारी साधन चलेका छैनन् । प्रदेश भित्रिने लामो दुरीका साधनलाई चिसापानीमा १५÷२० जम्मा गरेर स्कटिङ्गमा पठाइरहेका छौँ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्मबहादुर बोहराले भने, ‘मोटरसाइकल भने चलिरहेका छन् ।’ उनका अनुसार प्रदेशका मुख्य बजारका चोकमा बन्दकर्ताहरु बसिरहेका छन् ।
कैलाली सहित सुदूरपश्चिमका बजार आंशिक मात्रामा खुलेका छन् । विप्लव नेतृत्वको बन्दले गर्दा शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएका छन् । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो । सुदूरपश्चिममा कुनै अप्रिय घटना हुन नदिन चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया