सुदूरपश्चिममा विप्लव बन्दको प्रभाव,स्कर्टिङ गरेर सवारी साधन चलाउँदै प्रहरी

कैलाली । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । प्रहरीले भने बन्दको प्रभाव सामान्य देखिएको जनाएको छ।
मंगलबार बिहानदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी तथा अत्यावश्यक सामान तथा खाद्यन्नका गाडीहरु सडकमा निर्बाध गुडिरहेका प्रहरीले जनाएको छ। ‘लामो दुरीका सवारी साधन चलेका छैनन् । प्रदेश भित्रिने लामो दुरीका साधनलाई चिसापानीमा १५÷२० जम्मा गरेर स्कटिङ्गमा पठाइरहेका छौँ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्मबहादुर बोहराले भने, ‘मोटरसाइकल भने चलिरहेका छन् ।’ उनका अनुसार प्रदेशका मुख्य बजारका चोकमा बन्दकर्ताहरु बसिरहेका छन् ।
कैलाली सहित सुदूरपश्चिमका बजार आंशिक मात्रामा खुलेका छन् । विप्लव नेतृत्वको बन्दले गर्दा शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएका छन् । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो । सुदूरपश्चिममा कुनै अप्रिय घटना हुन नदिन चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया