बिहीबार, वैशाख ११, २०८२

माओवादीको विशेष जिल्लामा क-कसले पाए जिम्मेवारी ? (सूचिसहित)

मेरोन्यूज २०७८ कार्तिक ३० गते १०:२३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काठमाडौं उपत्यका भित्र पार्टी संरचनाका रुपमा रहने गैह–भौगोलिक जिल्लाका पदाधिकारी र नेतृत्वका बारेमा टुंग्गो लगाएको छ । माओवादी केन्द्रले युवा, विधार्थी, मजदुर, सास्कृतिककर्मी-पत्रकार, उधोगी-ब्यवसायीहरुलाई गोलवद्द गर्नका लागि गैह-भौगोलिक जिल्ला कमिटिहरुको गठन गरेको छ ।

पार्टीको उपत्यका विशेष प्रदेश समिति मातहात रह्ने गरी उसले विभिन्न क्षेत्रलाई समेटेर ६ ओटा गैह-भौगोलिक जिल्ला समिति गठन गरेको हो ।

जसलाई भौगोलिक जिल्ला सरहको सम्पूर्ण अधिकार र मान्यता रहने निर्णय माओवादी केन्द्रको छ । तर त्यस्ता गैह-भौगोलिक जिल्लालाई विशेष जिल्लाको रुपमा नभई यसपटक भने महाशाखा समितिको रुपमा नामाकरण गरिएको छ ।

यस अगाडी भने माओवादीले यस्ता कमिटिलाई विशेष जिल्ला कमिटिकै नाममा नामकरण गर्ने गरेका थिए । तर यसपटक महाशाखा समितिको रुपमा नाम दिईएको छ ।

माओवादीको उपत्यका विशेष प्रदेश समितिको इन्चार्जमा स्थायी समिति सदस्य लीलामणि पोख्रेल, सह इन्चार्जहरु मा केन्द्रीय सदस्यहरु गंगा कार्की, पुष्पविक्रम मल्ल र केशव नेपाल छन् । त्यस्तै उक्त प्रदेशको अध्यक्ष भने पूर्व विधार्थी नेता लेखनाथ न्यौपाने रहेका छन् ।

यसै प्रदेश मातहात हुने गरी माओवादी केन्द्रले ६ ओटा गैह-भौगोलिक विशेष जिल्ला समिति अर्थात महाशाखा समिति गठन गरेको छ ।

जसअन्र्तगत मजदुर महाशाखा समितिको अध्यक्षमा वागमति प्रदेश सांसद समेत रहेका अखिल नेपाल टेड युनियन महासंघका अध्यक्ष जगत सिंम्खडा, सचिवमा धनवहादुर विक, विधार्थी महाशाखा समितिमा अखिल क्रान्तिकारीका निर्वतमान अध्यक्ष रञ्जित तामाङ र सचिवमा निर्वतमान महासचिव उत्तम अधिकारी, पेशागत महाशाखा समितिमा अध्यक्ष वुद्धिजिवि संगठनका अध्यक्ष कृष्णराज केसी र सचिवमा हरिवहादुर रावल, उधोग-ब्यवसाय महाशाखा समितिमा अध्यक्ष रामप्रसाद सापकोटा (कमल) र सचिवमा कोमलचन्द्र बराल, सास्कृतिक-पत्रकार महाशाखा समितिको अध्यक्षमा मात्रिका पोखरेल र सचिवमा संगिता खड्काले जिम्मेवारी पाएका छन् ।

युवा महाशाखा समितिको भने अध्यक्ष र सचिव टुंग्गो लाग्न वाँकी रहेको माओवादीको उपत्यका विशेष प्रदेश समितिले जनाएको छ ।

उद्योग व्यवसाय महाशाखा समितिको नेतृत्व टुंग्गो लागेर गत कार्तिक १७ गते नै सवै महाशाखा समितिमा रह्ने नेताहरुको सपथग्रहण सम्पन्न भईसकेको र विधार्थीको पनि सोमबार मात्रै सपथ ग्रहण सकिएको उपत्यका विशेष प्रदेश समितिले जनाएको छ । अन्यको महाशाखा समितिको यथासिघ्र टुंग्गो लगाउने माओवादी केन्द्रले जनाएको छ ।

कुन विशेष जिल्लामा कसले पाए जिम्मेवारी

प्रतिक्रिया