माओवादीको विशेष जिल्लामा क-कसले पाए जिम्मेवारी ? (सूचिसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काठमाडौं उपत्यका भित्र पार्टी संरचनाका रुपमा रहने गैह–भौगोलिक जिल्लाका पदाधिकारी र नेतृत्वका बारेमा टुंग्गो लगाएको छ । माओवादी केन्द्रले युवा, विधार्थी, मजदुर, सास्कृतिककर्मी-पत्रकार, उधोगी-ब्यवसायीहरुलाई गोलवद्द गर्नका लागि गैह-भौगोलिक जिल्ला कमिटिहरुको गठन गरेको छ ।
पार्टीको उपत्यका विशेष प्रदेश समिति मातहात रह्ने गरी उसले विभिन्न क्षेत्रलाई समेटेर ६ ओटा गैह-भौगोलिक जिल्ला समिति गठन गरेको हो ।
जसलाई भौगोलिक जिल्ला सरहको सम्पूर्ण अधिकार र मान्यता रहने निर्णय माओवादी केन्द्रको छ । तर त्यस्ता गैह-भौगोलिक जिल्लालाई विशेष जिल्लाको रुपमा नभई यसपटक भने महाशाखा समितिको रुपमा नामाकरण गरिएको छ ।
यस अगाडी भने माओवादीले यस्ता कमिटिलाई विशेष जिल्ला कमिटिकै नाममा नामकरण गर्ने गरेका थिए । तर यसपटक महाशाखा समितिको रुपमा नाम दिईएको छ ।
माओवादीको उपत्यका विशेष प्रदेश समितिको इन्चार्जमा स्थायी समिति सदस्य लीलामणि पोख्रेल, सह इन्चार्जहरु मा केन्द्रीय सदस्यहरु गंगा कार्की, पुष्पविक्रम मल्ल र केशव नेपाल छन् । त्यस्तै उक्त प्रदेशको अध्यक्ष भने पूर्व विधार्थी नेता लेखनाथ न्यौपाने रहेका छन् ।
यसै प्रदेश मातहात हुने गरी माओवादी केन्द्रले ६ ओटा गैह-भौगोलिक विशेष जिल्ला समिति अर्थात महाशाखा समिति गठन गरेको छ ।
जसअन्र्तगत मजदुर महाशाखा समितिको अध्यक्षमा वागमति प्रदेश सांसद समेत रहेका अखिल नेपाल टेड युनियन महासंघका अध्यक्ष जगत सिंम्खडा, सचिवमा धनवहादुर विक, विधार्थी महाशाखा समितिमा अखिल क्रान्तिकारीका निर्वतमान अध्यक्ष रञ्जित तामाङ र सचिवमा निर्वतमान महासचिव उत्तम अधिकारी, पेशागत महाशाखा समितिमा अध्यक्ष वुद्धिजिवि संगठनका अध्यक्ष कृष्णराज केसी र सचिवमा हरिवहादुर रावल, उधोग-ब्यवसाय महाशाखा समितिमा अध्यक्ष रामप्रसाद सापकोटा (कमल) र सचिवमा कोमलचन्द्र बराल, सास्कृतिक-पत्रकार महाशाखा समितिको अध्यक्षमा मात्रिका पोखरेल र सचिवमा संगिता खड्काले जिम्मेवारी पाएका छन् ।
युवा महाशाखा समितिको भने अध्यक्ष र सचिव टुंग्गो लाग्न वाँकी रहेको माओवादीको उपत्यका विशेष प्रदेश समितिले जनाएको छ ।
उद्योग व्यवसाय महाशाखा समितिको नेतृत्व टुंग्गो लागेर गत कार्तिक १७ गते नै सवै महाशाखा समितिमा रह्ने नेताहरुको सपथग्रहण सम्पन्न भईसकेको र विधार्थीको पनि सोमबार मात्रै सपथ ग्रहण सकिएको उपत्यका विशेष प्रदेश समितिले जनाएको छ । अन्यको महाशाखा समितिको यथासिघ्र टुंग्गो लगाउने माओवादी केन्द्रले जनाएको छ ।
कुन विशेष जिल्लामा कसले पाए जिम्मेवारी


















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया