शनिबार, पुष १९, २०८२

चितवनबाट १० जना बन्दकर्ता पक्राउ

मेरोन्यूज २०७८ कार्तिक ३० गते १०:५५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आज देशभर गरिएको बन्दको आह्वानमा चितवनबाट १० जना पक्राउ परेका छन् । सवारी रोक्ने क्रममा पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)का वागमती प्रदेश इञ्चार्ज राजन साउदसहित १० जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साउदसहित दुई जनालाई भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट पक्राउ गरिएको हो । बन्दलाई ध्यानमा राख्दै चितवन प्रहरी कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

बन्दका कारण अघिल्ला दिनको तुलनामा कम मात्रै सवारी साधन सञ्चालन भएका छन् । बिहानैदेखि बजार क्षेत्रमा सुनसान भएको छ ।

प्रतिक्रिया