चितवनबाट १० जना बन्दकर्ता पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ३० गते १०:५५
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आज देशभर गरिएको बन्दको आह्वानमा चितवनबाट १० जना पक्राउ परेका छन् । सवारी रोक्ने क्रममा पार्टीको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)का वागमती प्रदेश इञ्चार्ज राजन साउदसहित १० जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साउदसहित दुई जनालाई भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट पक्राउ गरिएको हो । बन्दलाई ध्यानमा राख्दै चितवन प्रहरी कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
बन्दका कारण अघिल्ला दिनको तुलनामा कम मात्रै सवारी साधन सञ्चालन भएका छन् । बिहानैदेखि बजार क्षेत्रमा सुनसान भएको छ ।
सम्बन्धित


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया