बसको ठक्करबाट पठाओ राइडर र यात्रुको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ३० गते २१:११

काठमाडौँ । काठमाडौँको कलंकीमा बसले स्कुटीलाई ठक्कर दिँदा पठाओ राइडरसहित दुई जनाको मृत्यु भएको छ ।
कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले ठक्टर दिँदा पठाओ राइडर र यात्रुको घाइते भएका थिए ।
तत्कालै ठक्करबाट घाइते भएका स्कुटर चालक र यात्रुलाई बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ भएको यो दुर्घटनामा परी धादिङ घर भई थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षीय पठाओ राइडर रामबहादुर आचार्य र बाँके घर भई इमाडोल बस्दै आएका ५२ वर्षीय यादबकुमार शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित













भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया