बसको ठक्करबाट पठाओ राइडर र यात्रुको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक ३० गते २१:११

काठमाडौँ । काठमाडौँको कलंकीमा बसले स्कुटीलाई ठक्कर दिँदा पठाओ राइडरसहित दुई जनाको मृत्यु भएको छ ।
कलंकीबाट बल्खुतर्फ जादैँ गरेको प्रदेश ०३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशा आइरहेको प्रदेश ०३–०१–००५ ख ९३०० नम्बरको बसले ठक्टर दिँदा पठाओ राइडर र यात्रुको घाइते भएका थिए ।
तत्कालै ठक्करबाट घाइते भएका स्कुटर चालक र यात्रुलाई बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ भएको यो दुर्घटनामा परी धादिङ घर भई थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षीय पठाओ राइडर रामबहादुर आचार्य र बाँके घर भई इमाडोल बस्दै आएका ५२ वर्षीय यादबकुमार शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया