जीपको ठक्करबाट एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १ गते १०:०२

मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गएराति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा परी गम्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया