अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही मुगुमा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुगेका छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ गएका हुन् ।
मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत रहेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपालसहित प्रदेश सरकारको टोली मुगु पुगेको हो ।
मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खडकाले बताए । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घरसहित करोडौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो । रासस









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया