आइतबार, पुष ६, २०८२

यती एयरलाइन्सको अफरमा खत्री बने भाग्यशाली विजेता

मेरोन्यूज २०७८ मंसिर १ गते १९:०९

काठमाडौं । यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् ।
यतीले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् ।
बिजेता खत्रीले पोखरा–काठमाडांैको उडान गरेका थिए । यती एअरले काठमाण्डौमा आयोजना गरेको लक्की ड्र बाट खत्री विजयी बनेका हुन् ।
विजेता बनेसँगै खत्रीले रु दुई लाख ६७ हजार ९०० मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् ।
यती एअरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार बुधबार ३ जना बिजेता घोषणा गरेको एयरलाइन्सले जनाएको छ ।
यती धमाकेदार दशैं तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बनेका छन् । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागि काठमाडौँ–दुवई–काठमाडौंको दुईतर्फी फ्रि हवाई टिकट प्राप्त गरे ।
यस्तै, तेस्रो भाग्यशाली विजेता बनेका सरुप्य सत्यालले हिराको टप प्राप्त गरेका छन् ।
यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया