एमाले : बहत्तर वर्षमा दश वटा महाधिवेशन

काठमाडौ । नेकपा एमालेको मंसिर १० देखि १२ सम्म चितवनमा पार्टीको दशौं राष्ट्रि«य महाधिवेशन हुादैछ । कम्युनिष्ट पार्टी स्थापनाको ७२ वर्षमा एमालेको दशौं महाधिवेशन हुन लागेको हो । नेपालमा कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भएको थियो ।
शुरुमा नेपाल कम्युनिष्ट पार्टीको रुपमा रहेपनि पछि कम्युनिष्ट पार्टीमा आएको टुटफुट र विभाजनका कारण कम्युनिष्टहरु विभिन्न धारामा विभक्त भएका थिए । एमालेको अहिलेको धारको कुन महाधिवेशन कहिले, के नाराका साथ सम्पन्न भएको थियो र त्यसले कसलाई नेतृत्वमा स्थापित गरेको थियो भन्ने तथ्य यस्तो छ :-
नेपाल कम्युनिस्ट पार्टी
स्थापनाः २००६ साल बैशाख १० गते
तद्नुरुप २२ अप्रिल १९४९ ।
संस्थापक नेता– कमरेड पुष्पलाल
पहिलो महाधिवेशन
२०१० साल माघ १० देखि २० गतेसम्म
पाटन, ललितपुर र काठमाडौं
महामन्त्री– मनमोहन अधिकारी ।
दोस्रो महाधिवेशन
२०१४ साल जेठ १५ देखि २५ गतेसम्म
दरबारमार्गस्थित फोहरादरबार, काठमाडौं ।
महासचिव– डा. केशरजंग रायमाझी ।
तेस्रो महाधिवेशन
२०१९ साल बैशाख ४ देखि १५ गतेसम्म
महासचिव– तुल्सीलाल अमात्य ।
चौथो महाधिवेशन
२०४६ भदौ ९ देखि १४ गतेसम्म, सिरहाको
विष्णुपुरकट्टी, सर्रे अम्बास ।
नेकपा(एमाले)को आयोजना
महासचिव– मदनकुमार भण्डारी ।
पाँचौं महाधिवेशन
२०४९ माघ १४ देखि २० गतेसम्म
दशरथ रंगशाला–कमलादी, काठमाडौं ।
मूल नारा–‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं,
माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं ।
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव– मदनकुमार भण्डारी ।
छैठौं महाधिवेशन
२०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगन्ज, बाँके ।
मूलनारा–‘बिकृति र बिसंगतिका विरुद्ध संघर्ष गरौं,
विचारधारात्मक रुपमा पार्टीलाई एकताबद्ध पारौं,
अध्यक्ष– मनमोहन अधिकारी, महासचिव – माधवकुमार नेपाल
सातौं महाधिवेशन
२०५९ माघ १८ देखि २२ गतेसम्म, जनकपुर, धनुषा ।
मूल नारा– ‘प्रजातन्त्र, शान्ति र समग्र विकास,
प्रतिगमनविरुद्ध अग्रगामी निकास !’
महासचिव–माधवकुमार नेपाल ।
आठौं महाधिवेशन
२०६५ फागुृन ५देखि १४ गतेसम्म, बुटवल, रुपन्देही ।
मूल नारा– ‘‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौ“ महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नया“ संविधान !’
अध्यक्ष – भलनाथ खनााल, महासचिव– ईश्वर पोखरेल ।
नवौं महाधिवेशन
२०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डप, काठमाडौं ।
मूल नारा– ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं!’
अध्यक्ष– केपी शर्मा ओली, महासचिव– ईश्वर पोखरेल ।
प्रथम विधान महाधिवेशन
२०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुर ।
नीति, संगठन र विधानसम्बन्धी दस्तावेज पारित ।
मूल नारा–‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !’
दशौं महाधिवेशन
२०७८ मंसिर १० देखि १२ गतेसम्म, नारायणगढ र सौराहा, चितवन ।
मूल नारा– ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !’
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया