राप्रपाको महाधिवेशन चार दिन पर सर्यो
मेरोन्यूज
२०७८ मंसिर २ गते १९:३१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेसन सारेको छ । बिहीबार बसेको अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसहितको बैठकले महाधिवेसन मिति सारेको हो ।
यो निर्णयसँगै राप्रपाको पूर्वनिर्धारित महाधिवेसन चार दिन पर सरेको छ । यसअघि राप्रपाले ११ मंसिरमा काठमाडौँमा महाधिवेशन गर्ने मिति तय गरेको थियो । अब राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुनेछ ।
राप्रपा केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको मिति परिवर्तन गर्ने सिफारिस गरेको थियो । यसअअघि राप्रपाको प्रदेश महाधिवेशन पनि सारिएको थियो । राप्रपाले तल्लो तहका अधिवेशन सम्पन्न गर्न केही समय लाग्ने भएपछि महाधिवेशन सार्ने निर्णय गरेको बताइएको छ ।
सम्बन्धित


















नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया