कांग्रेस अधिवेशन : सुर्खेतका सबै तहमा नेतृत्व चयन
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ विधानअनुसार गाउँ÷नगरमा सभापति पदका साथै दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित कार्यसमिति चयन गरिएको हो । क्रियाशील सदस्यता विवादले यसअघि निर्धारित मितिमा सम्पन्न हुन नसकेको अधिवेशन बुधबारबाट सुरु भएको थियो ।
बिहीबार सम्पन्न गाउँ÷नगर अधिवेशनलगत्तै आज प्रदेशसभा क्षेत्रको अधिवेशन हुँदैछ । यहाँ प्रदेशसभाका चार निर्वाचन क्षेत्र छन् । कांग्रेसका सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, लेकबेँसी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारी र सिम्ता गाउँपालिकामा वीरेन्द्र रावत सभापति पदमा निर्वाचित भएका छन् । त्यस्तै वीरेन्द्रनगरमा उपेन्द्र खड्का, पञ्चपुरी नगरपालिकामा कृपाराम थापा र चौकुने गाउँपालिकाको कार्यसमिति सभापति पदमा नरबहादुर बान्तोला निर्वाचित भएका छन् ।
गुर्भाकोट र लेकबेँसी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनमार्फत कार्यसमिति चयन गरिएको हो । प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरको अधिवेशनलाई कांगे्रस नेताहरुले विशेष महत्व दिएका थिए । यहाँ कूल खसेका ३४९ मतमध्ये सभापतिमा विजयी उपेन्द्र खड्काले १९९ र उनका प्रतिस्पर्धी नारायणकुमार कोइरालाले १४७ मत ल्याएका थिए ।


















फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया