एमाले महाधिवेशनमा घर–घरमा निम्तो पठाउने तयारी

काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निम्तो पत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पुर्याउने गरी निम्तो पठाएको हो ।
दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा निम्तो पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उनले जानकारी दिए । वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको उनले बताए ।
‘पालिका, वडा र टोल कमिटी सक्रिय रूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन्,’ उनले भने, ‘उद्घाटनसत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो ।’
उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभ चिन्तक, आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निम्तो गरिएको एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले बताइन् । उनले भनिन्, ‘चितवनबाट मात्रै उद्घाटनसत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको छ ।’
एमालेको १०औँ महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया