बारमा प्रहरी प्रवेशप्रति मानव अधिकार समितिको चासो

काठमाडौं । नेपाल बार एशोशिएसनको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल बार एशोसिएशन, मानव अधिकार तथा जनसरोकार समितिले चासो ब्यक्त गरेको छ ।
बार एशोशिएसनको शान्तिपूर्ण विरोध कार्यक्रममा एस.एल.आर. समेतको सशस्त्र हातहतियार सहितका दंगा प्रहरी प्रवेश गराई कानून व्यवसायीहरुमाथि निर्ममता पूर्वक बल प्रयोग गरिएको भन्दै समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार भएको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेपबाट अधिवक्ताहरु लक्ष्मी पोखरेल, दिवश निरौला, नेबाए केन्द्रीय सदस्य अधिवक्ता अञ्जु कायस्थ, विष्णु तिवारी लगायतका कानून व्यवसायीहरु घाइते भएका छन् ।
विहीबार भएको बारको आन्दोलनमा पनि प्रहरीले हस्तक्षेप गर्दा बार अध्यक्षसहित ८ जना घाइते भएका थिए ।
समिति संयोजक सुनिलकुमार पोखरेल र सदस्यसचिव भुवनप्रसाद निरौलको हस्ताक्षरयुक्त विज्ञप्तिमार्फत कानून व्यवासायीहरुको शान्तिपूर्ण विरोधका कार्यक्रममा अनावश्यक शक्ति र वलको प्रयोग नगर्न नगराउन सम्बन्धित सवै पक्षको ध्यानाकर्षण गराइएको छ ।
‘नेपालको संविधान, संयुक्त राष्ट्रसंघको विश्वव्यापी धोषणापत्र तथा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धिले समेत विना हातहतियार स्वतन्त्रतापूर्वक भेला भई विचार र अभिव्यक्तिको माध्ययमबाट शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गर्न पाउने व्यवस्थाको सुनिश्चितता गरेको सन्दर्भमा कानून व्यवसायीहरु माथि अदालत परिसर भित्रै भएको यस प्रकारको घटना निन्दनीय र खेदजनक छ ।’– विज्ञप्तिमा भनिएको छ ।



















आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया