प्रकाशमान–शेखर जम्काभेट
शेखरको प्रस्ताव–आफू सभापति, सिंह प्रधानमन्त्री, पौडेललाई राष्ट्रपति बनाऔं

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहका सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
शुक्रबार कोइराला नेता सिंहको निवास भेट्न चाक्सीबारी पुगेका हुन् । पछिल्लो केही सातायता वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका नेताहरूप्रति सिंहले तिखो शब्द प्रहार गर्दै आएका थिए भने सिंह नेताहरूको सम्पर्कमा बसेका थिएनन् ।
यसअघि बिहीबार बिहान वरिष्ठ नेता पौडेलले सिंहलाई निवासमै पुगेर भेटेका थिए । सिंह एक्लै सभापतिको तयारीमा अघि बढेका छन् ।
सभापतिमा शेरबहादुर देउवालाई यसरी एकलै उठे पराजित गर्न नसकिने भन्दै उनलाई संस्थापनइतरका नेताहरु फकाउने प्रयास गरिरहेका छन् । गत बुधबार विराटनगर विमानस्थलमा सिंह र कोइरालाबीच जम्काभेट भएको थियो ।
शेखर निकट एक नेताले भने– ‘शेखर दाईले अहिले सभापति म हुन्छु, तपाईं प्रधानमन्त्रीमा बस्नुहोला, रामचन्द्र दाइलाई राष्ट्रपति बनाऔं अहिले मिले जाऔं भन्नू भयो उता प्रकाशमान दाईले अहिले म सभापति बन्छु बरु तपाईंहरु दुई कोइरालाहरूमध्ये एक जना प्रधानमन्त्री हुनुस् । रामचन्द्र दाइलाई सम्मानित पदमा राखौँला ।’

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया