बुधबार, वैशाख २, २०८३

प्रधानन्यायाधीशविरुद्ध बारको थप आन्दोलन घोषणा

पोखराको राष्ट्रिय सम्मेलन स्थगित, भोलि बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने

मेरोन्यूज २०७८ मंसिर ४ गते १४:५९

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर राणाको राजीनामा माग गदै आएको नेपाल बार एसोसिएसनले थप संर्घषको कार्यक्रम घोषणा गरेको छ । उसले प्रधानन्याधीस राणाको जुनसुकै समयमा वार्ताका लागि गरेको आग्रहलाई अश्वीकार गदै थप संर्घषको कार्यक्रम घोषणा गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शुक्रबार दिउँसो सम्म राणालाई राजीनामा दिन अल्टिमेटम दिएको बारले आफना केन्द्रीय समिति र सल्लाहकारहरुसँगको संयुक्त वैठब पछि थप संर्घषका कार्यक्रम घोषणा गरेको हो । बैठकले प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

‘हामीले अदालतभित्र अत्याधुनिक हतियारसहितका दंगा प्रहरी प्रवेश गराउने र कानुन व्यवसायीमाथि बर्बर आक्रमण गर्ने कार्यको निन्दा र भर्त्सना गर्दै आन्दोलनका कार्यक्रम तय गरेका छौं,’ महासचिव पौडेलले वक्तब्यमार्फत उल्लेख गरेका छन् ।

बारले आफनो पोखरमा हुने राष्ट्रिय सममेलन पनि अहिलेलाई स्थगित गरेको छ । राष्ट्रिय सम्मेलन स्थगित गरेर सम्पूर्ण टिमलाई राणा विरुद्धको आन्दोलनमा केन्द्रीत गर्ने निर्णय बारको छ ।

आन्दोलनका कार्यक्रम अनुसार आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारको निर्णय छ। अदालतभित्र दंगा प्रहरीको प्रवेशको विरोधस्वरुप यो कार्यक्रम गरिने पौडेलले बताए। सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभा गर्दै आएकोमा निरन्तरता दिने, केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।

मंगलबार हतम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारको निर्णय छ।

यसैगरी, बारले बुधबार नेपालका १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने निर्णय गरेको छ। त्यस्ता कार्यक्रममा नेपाल बारका केन्द्रीय प्रतिनिधि पर्यवेक्षक रहने छन्।

त्यसदिन उच्च अदालतका इजलास रहेका स्थानमा सभा हुने हुनाले बहस पैरबी नगर्ने निर्णय बारले गरेको छ।

मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाइका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यकर्म गर्ने भएको छ।

यसैगरी, मंसिर २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको पनि बारले जनाएको छ।

हेर्नुहोस बारको आन्दोलनको कार्यक्रमहरु :

प्रतिक्रिया