पन्ध्र लाख लगानीमा खोलिएको ‘फुटुङ फुड् क्याफे’

काठमाडौं । बालाजुको माछापोखरी कटेर उत्तर पूर्वतिर लाग्ने हो भने आइपुग्छ, गाउले परिवेशको बस्तिमा एउटा चिटिक्कको क्याफे ।
बालाजु बाइपासबाट २ किमी टाढाको यो क्याफेको माहोलले यति लोभ्याउँछ कि टाढा–टाढाबाट मानिसहरु पनि यहाँ आइपुग्ने गर्छन् । शहरको भिडभाड भन्दा अलि टाढा यहाँको शान्त र सुन्दर परिवेशले जोकोहीलाई मोहित बनाउँछ ।
हालैको एक मध्यान्ह शहरी कोलाहल भन्दा परको ‘फुटुङ फुड् क्याफे’ पुग्दा यहाँ बाक्लै चहलपहल थियो । पहिलो लकडाउन हुनु तीन महिनाअघि खोलिएको यस क्याफेकी सञ्चालक हुन्, नुवाकोटकी गीता लामिछाने । हँसिलो चेहरा भएकी उनी लकडाउनको कठोर समय पार गरेर थालिएको व्यवसायिक यात्राको कथा सुनाउन तम्तयार भइन् ।
प्रारम्भमा गीताको ब्यापारिक साझेदार अर्की साथी पनि थिइन् । बीचैमा पार्टनर विदेश हिंड्नु परेकोले गीता एक्लैले यो क्याफे सञ्चालन गर्दै आएकी छिन् । सुरुमा १५ लाख रुपैंयाँ लगानी भएपनि अहिले सम्म १८ लाख रुपैंयाँ लगानी पुगिसकेको गीता बताउँछिन् ।
बिहान ७ बजेदेखी राती १० बजेसम्म खुल्ने यो क्याफेमा अचेल उनी खटेकी हुन्छिन् । आफूबाहेक उनले तीन जनालाई रोजगारी दिएकी छिन् ।
क्याफे सुरु भएको तीन महिनामै लकडाउन भयो । त्यसले उनको व्यापारमा ठूलो असर गर्यो । दोस्रो लकडाउनपछि पुन: असारमा सञ्चालनमा आयो । अब भने विस्तारै राम्रो बजार लिदैछ । लकडाउनमा भएको घाटा अब पूर्ति हुने क्रममा छ ।
अंग्रेजीमा मास्टर्स सकेकी गीताले काम गर्दा गर्दै रेस्टुराँ र हस्पिटालिटि क्षेत्रबारे राम्रै अनुभव बटुलिसकेकी छन् । सुरुमै ज्ञान हासिल गरेर उनले यो क्षेत्रमा हात हालेकी होइनन् ।
त्यसो त उनलाई खानाका परिकार बनाउन र यसबारे विशेष तालिम लिन मन नभएको होइन । तर, सिक्नका लागि पर्याप्त समय नै भएन । ‘सिक्ने रहर भएर पनि समय नै मिलेन ।’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘सिक्ने समयमा कामको दवाव बढी थियो ।’
गीताले सञ्चालन गरेको क्याफे यतिखेर फुटुङमा मात्र सीमित छैन । गोंगबु, सांगला, टोखा, सामाखुसी, टोखा क्षेत्रका बासिन्दा उनको क्याफेका नियमित ग्राहक छन् ।
यस्तै, फुटुङको फुटसल, स्वास्थ्य चौकी र यहाँका स्कुलमा नियमित रुपमा खाजा जान्छ ।

यस क्याफेमा नियमित धाईरहने स्थानीय बासिन्दा पारसविक्रम शाह यहाँको वातावरणले लोभ्याएको बताउँछन् । ‘यहाँको जस्तो शान्त वातावरण शहरी क्षेत्रमा भेटिदैन । ठाउकै कारण पनि आइरहन मन लाग्छ ।- पारसले प्रतिक्रिया दिए ।
फुटुङ फुड् क्याफेको मेनु
सञ्चालक गीता लामिछानेका अनुसार यो क्याफेको मेनु त्यति महंगो छैन । सामान्य व्यक्ति, विद्यार्थीदेखी सबै वर्गका लागी लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । ‘गाउँको क्षेत्र हो, धेरै महंगो मूल्य राख्यो भने चल्दैन ।’ गीता भन्छिन्, ‘शहरमा जस्तो प्रतिष्पर्धा पनि हँुदैन ।’
फुटुङ फुड् क्याफेमा १४ प्रकारका ५० भन्दा बढी आइटमहरु उपलब्ध छन् । मटनका प्रायजसो: सबै आइटम पाइन्छन् । मटन करी, छोयला, मटन खाना सेट सबैभन्दा धेरै अर्डर हुने परिकारभित्र पर्छन् ।
यहाँको स्पेशल परिकार भनेकै म:म हो । ७ प्रकारका म:मका भेराइटी यहाँ उपलब्ध छन् । ‘अन्यत्र नपाइने यो क्याफेमा मात्र पाइने आइटम के छ ?’ ठट्यौलो स्वभावकी उनले हाँसेरै भनिन् ‘त्यो त म मात्र हो ।’
प्राय: शुक्रबार र शनिबार क्याफेमा अरु दिन भन्दा बढी भीड लाग्छ । अरु दिनमा १५ देखि २० हजार रुपैंयाँ बराबरको कारोबार हुन्छ । शुक्रबार र शनिबार भने २५, ३० रुपैंयाँ बराबरको कारोबार हुने सञ्चालक गीताले बताइन् ।
होम डेलिभरीको सुविधा
फुटुङ, गोंगबु, सांगला, टोखा, सामाखुसी, टोखा आसपास क्षेत्रमा फ्रि होम डेलिभरीको ब्यवस्था पनि छ । क्याफेले दैनिक फास्टफुड म:म, चाउमिन, बर्गर, पिज्जा लगायतका आइटम होम डेलिभरी गर्दै आएको छ ।

संघर्षको अर्को नाम गीता
परिवारकी जेठी छोरी हुन्, गीता । उनले भोगेको र सामना गरेको संघर्षको कथा भने लामै छ । आफूभित्रका पीडालाई लुकाएर सधैँ मुस्कुराइरहने तागत छ उनमा । त्यहि आत्मबलको भर त उनले आफ्नो जीन्दगी अघि बढाइरहेकी छिन् ।
गीताले आफू मात्र होइन आफू पछिका दुई भाइलाई हुर्काइन्, बढाइन् र पढाइन् । मामाघरमा बसेर पढेकी उनले प्लस टु पछि गाउकै स्कुलमा पढाइन् । गाउमै कस्मेटिक पसल खोलेर बसिन्, साथीहरुसँग मिलेर मन्टेश्वरी स्कुल खोलिन् । त्यही मन्टेश्वरी स्कुलको प्रिन्सिपलसम्म बन्न सफल भइन् । स्टडी प्लस भन्ने कन्सल्टेन्सीमा ७ महिना काउन्सिलरका रुपमा काम गरिन् ।
कैयौं कठिनाइ र अप्ठेरोका बाबजुत पनि पनि गीताले आफ्नो संघर्षलाई अघि बढाइरहेकी छिन् । कामबाट फुर्सद मिलेकोबेला उनलाई घुम्न एकदमै मनपर्छ । सोलो ट्रिपमा हिंड्न उनलाई विशेष मन पर्छ ।
प्याराग्लाइडिङ र बन्जि जम्प जस्ता शाहसिक खेलको मजा लिइसकेकी उनी छिटै नै मनाङ, मुस्ताङतिर घुम्न चाहन्छिन् ।
त्यसो त उनलाई एसएलसी पास गर्ने बित्तिकै एयर होस्टेस बन्ने रहर थियो । त्यो बेला आर्थिक अवस्थाले गर्दा एयर होस्टेसको कोर्ष पढ्ने अवस्था थिएन ।
जब उनले काठमाडौं पाइला टेकिन्, त्यसबेला एयर होस्टेसको कोर्षबारे बिभिन्न इन्स्टिन्यूटहरु धाइन् । अहिले भने उनी एयर होस्टेज बन्न अयोग्य भइसकेकी छन् । किनकी उनको उमेर २५ घर्किसकेको थियो । २५ कटेपछि एयर होस्टेस पेशामा प्रवेश गर्न नपाइने रहेछ ।
अबको सपना के छ ? गीतालाई सोधियो ।
‘देश घुम्नु छ ।’ उस्तै हँसिलो मुहारमा उनले सुनाइन्, ‘काठमाडौंमा घर बनाउनु छ । संसार घुम्ने । त्यत्ति हो ।’ यसो भनिरहँदा उनमा बलियो आत्मविश्वास झल्किन्थ्यो ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल
प्रतिक्रिया