कांग्रेस महाधिवेशन : सुनसरी २ ‘क’ मा देउवा समूहको वर्चश्व

काठमाडौं । इटहरी उपमहानगरपालीकामा देउवा समुह शक्तिशाली देखिएको छ । शनिवार सम्पन्न कांग्रेस प्रदेश सभा क्षेत्रिय अधिवेशन नसरी क्षेत्र नम्बर २‘क’ क्षेत्रको चुनावमा बहुमत पदाधिकारी देउवा टिमका चयन भएका हो ।
देउवा समूहबाट मैदान उत्रिएका सुवेक्छु देवान राईले पौडेल समूहका धनबहादुर पुरीलाई हराएका हुन् । राईले १६५ मत ल्याउँदा पुरीले १४१ मत ल्याए । हङकङ छाडेर इटहरी २० तरहरामा आएर राजनीतिमा सक्रिय भएका राई नेपाली कांग्रेसमा भन्दा ज्यादा लिबरल सोसाइटी नामक सामाजिक संस्थाको कामको कारण बढी चर्चामा छन् ।
उपसभापतिमा देउवा टिमकै घनश्याम खड्का र सरिता आङ्देम्बले क्रमशः १६९ र १५६ मत ल्याएर विजयी भएका छन् ।
सचिवमा विजयी भएका चिन्तामणि सापकोटा ९१७२ मत र महेशकुमार चौधरी ९१५० मत० देउवा टिमकै हुन् । सहसचिवमा विजयी कर्णबहादुर अधिकारी ९१५६ मत० र शुभद्रा राई देउवा टिमकै हुन ।
प्रदेश प्रतिनिधिमा सहभागी खुल्ला र समावेशी १६ प्रतिनिधिमा ३ जनामात्रै पौडेल पक्षका छन् । ३११ क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने चुनावमा ३१० मत खसेको थियो ।
इटहरीका १० वटा र रामधुनी नगरपालीकाका २ वटा मिलेर सुनसरी क्षेत्र नम्बर २‘क’ क्षेत्र बनेको छ । जसमा इटहरीका १, २, ३, ४, ५ ,१६, १७, १८, १९ र २० तथा रामधुनीको ३ र ५ नम्बर वडा पर्छन् ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया