रामदेवलाई नेपालको ब्राण्ड एम्बेष्डर बन्न मन्त्री आलेले गरे प्रस्ताव

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेवलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेष्डर बन्न प्रस्ताव गरेको छ । आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्री पशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा उनले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न ब्राण्ड एम्बेष्डर बन्न प्रस्ताव गरेका हुन् ।
मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेष्डर बन्न प्रस्तावसहितको प्रमाण पत्र दिएका थिए । नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए । योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरैभन्दा धेरै पर्यटक आउनेमा उनले विश्वास व्यक्त गरे । कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै उनले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन रामदेवलाई आग्रह गरेका हुन् ।
‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोशन गर्नका लागि ब्राण्ड एम्बेस्डरको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहान्छु, यहाँ चार दिने भ्रमणमा आउँदा यसले राम्रो म्यासेज पनि गएको छ, विश्वभरमा प्रचार–प्रसार पनि भएको छ, नेपाल बुद्ध र सगरमाथाको देश भनेर पनि चिनिन्छ,’ उनले भने, ‘हामीले मन्त्रालयको तर्फबाट जुन ब्राण्ड एम्बेष्डरका लागि अनुरोध गरेका छौँ, धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन्, हामीहरू स्वागत गर्छौं ।’
उक्त अवसरमा रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताएका थिए । उनले मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिने बताए । नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपिठले गर्न सक्ने योगदानलाई कार्य योजना बनाएर लागु गर्नेसमेत बताएका थिए ।
‘नेपालको संस्कृतिलाई पूरा दुनियाँमा लिएर जान्छु, यहाँको मानिसलाई गौरव हुन्छ की यहाँको संस्कृति र प्रकृतिले समृद्धि बढिरहेको छ, हामीलाई दिएको प्रस्तावमा हामी गम्भिरतापूर्वक छलफल गरेर निर्णय गर्छौं,’ रामदेवले भने, ‘नेपालको एकता, समृद्धिको विकास गर्न पतञ्जली योगपिठले जे योगदान गर्न सक्छ, एउटा रुपरेखा बनाएर, लामो कार्य योजना बनाएर हामी योगदान दिन्छौँ ।’


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
प्रतिक्रिया