शनिबार, पुष १९, २०८२

हतियारधारी सुरक्षाकर्मी सर्वोच्चबाट हटाइए

मेरोन्यूज २०७८ मंसिर ६ गते ११:२५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीलाई रोक्न सर्वोच्च अदालतमा तैनाथ गरिएको हतियारधारी सुरक्षाकर्मी हटाइएको छ । कानुन व्यवसायीले भने सोमबार पनि आन्दोलन जारी राखेको छ ।

अत्याधुनिक हतियारसहित सर्वोच्चमा खटिएको सुरक्षाकर्मीलाई हटाइएको हो । यसविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले विरोध जनाएको थियो । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको भन्दै कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै आएको हो ।

प्रतिक्रिया