आयल निगमलाई चन्दा दिन विद्यार्थी संगठनले एक रुपैयाँ उठाउने

काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध आन्दोलन गर्दै आएको विद्यार्थी संगठनहरूले एक रुपैयाँ उठाएर नेपाल आयल निगमलाई दिने भएको छ । संयुक्त विद्यार्थी संगठनले मंगलबार शान्ति वाटिकामा प्रदर्शन गरी पैसा उठाएर निगमलाई दिने भएको हो ।
शान्ति वाटिकामा कार्यक्रम राखेर एक रुपैयाँ संकलन गरी आयल निगमलाई बुझाउने अखिल क्रान्तिकारीका नेता मिलन एमसीले जानकारी दिए ।
‘उपभोक्तालाई मारमा पारेर पेट्रोलियम पदार्थको वृद्धिप्रति हाम्रो आन्दोलन जारी छ, वैज्ञानिक ढंगले मूल्य घटाइनु पर्छ,’ उनले भने, ‘आयल निगमका कर्मचारीलाई पैसा नपुगेन भन्दैमा जनतालाई मारमा पार्न पाइदैन, त्यसैले हामीहरूले एक–एक रुपैयाँ उठाएर निगमलाई दिने भएका हौँ ।’
आन्दोलनमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियू, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले मूल्य वृद्धिविरुद्ध आन्दोलन गर्दै आएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया