मंसिर १२ गतेदेखि बिराटनगर भन्सार ठप्प पार्ने चेतावनी

बिराटनगर । बिराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन ।
आइसीपीले श्रमिक तथा मजदुरहरुलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिइएको भन्दै समाजवादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखि भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो ।
संघका ईकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए ।
उनले संघकै अगुवाईमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरु अनुसारका मागहरू राखिएको भएपनि मागको सम्बोधन नभएको बताए ।
समाजवादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राखे ।
युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आइसिपीका खटिने मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताए ।
उनले श्रम स्विकृति नलिई आइसिपीमा बिदेशी कामदारहरुलाई लगाइएको समेत बताए ।
आइसीपीमा नेपाल र भारतका गरी करिव ३ सय श्रमिकहरु कार्यरत छन । श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सृजना भएको संघले जनाएको छ ।










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया