यस्तो छ काठमाडौं कांग्रेसको ताजा परिणाम

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशन सोमबार भएका स्थानमा अधिवेशन भएका स्थानको नतिजा आउन थालेको छ ।
काठमाडौंका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमा ५ निर्वाचन क्षेत्रमा प्रकाशमान सिंह र गगन थापा समूह बलियो देखिएको छ ।
कृष्णप्रसाद सिटौला निकट भीमसेनदास प्रधान निकट समूहले एक क्षेत्रमा जितेका छन् । काठमाडौंमा सभापति शेरबहादुर देउवालाई सिटौलाको समर्थनमा वडा अधिवेशनबाट नै गठबन्धन भएको छ ।
१४ औं महाधिवेशनमा सिंह सभापतिको दाबेदार हुन् भने थापा महामन्त्रीका दाबेदार छन् ।
पाँच क्षेत्रमा प्रकाशमान–गगन बलियो
काठमाडौं निर्वाचन क्षेत्र १ मा रविन्द्र विक्रम राणा क्षेत्रीय सभापति बनेका छन् । उनी प्रकाशमान सिह निकट हुन् । उनी निवरोध निर्वाचित बनेका हुन् ।
क्षेत्र नम्बर २ मा करिब शर्मा क्षेत्री सभापतिमा बिजयी भएका छन् । उनी भिम्सेनदास प्रधान निकट मानिन्छन् भने उनले सिंह निकट अर्जुन पराजुलीलाई पराजित गरेका हुन् । क्षेत्र नम्बर ३ मा अहिले मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नम्बर ४ मा श्यामकृष्ण संगत क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । काठमाडौं ४ नम्बर गगन थापाको क्षेत्र पनि हो । श्यामकृष्ण गगन थापा निकट मानिन्छन् । उनी सर्वसम्मत भएका हुन् ।
क्षेत्र नम्बर ५ मा श्याम खड्का क्षेत्रीय सभापति भएका छन् । उनलाई अधिवेशनमा कांग्रेस भित्रको कृष्णप्रसाद सिटौला समूहको पनि समर्थन थियो । उनले देउवा निकट रमेश खड्का भने पराजित गरेका हुन् । सो क्षेत्रमा सचिव पदमा रजनी थापा र पञ्चकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । थापा खड्का समूहबाटै सचिव निर्वाचित भएकी हुन् ।
क्षेत्र नम्बर ७ को मुकुन्द रिजाल क्षेत्रीय सभापतिमा विजयी छन् । उनले देउवा निकट मनोहरी तिवारीलाई पराजित गरेका हुन् । रिजाल प्रकाशमान सिंह र गगन थापा निकट मानिन्छन् ।
क्षेत्र नम्बर ८ मा राजेश श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन् । श्रेष्ठ प्रकाशमान सिंह निकट हुन् । गएराति आएको नतिजामा श्रेष्ठले ११९ मत ल्याएका हुन् । उनका प्रतिद्धन्द्धी तेविन्द्र शाक्य पराजीत बने ।
शाक्यले जम्मा ४९ मत मात्रै पाएका छन् । श्रेष्ठ र शाक्य दुवै जना कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंह निकट हुन् । तर शाक्यले भने यसपटक सिंहको समर्थन पाएनन् । सो क्षेत्रमा क्षेत्रीय सचिवका लागि भएको निर्वाचनमा पनि श्रेष्ठ प्यालनकै पुष्करराज पाण्डे र शंकर पुडासैनीले क्रमस १३९ र ९८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा नै कन्चना नेपाली, केदारमान सिंह, गौतम शाक्य, बालमुकुन्द श्रेष्ठ, देउका केसी ,भगवत्ती थपलिया, रत्नकेशरी खड्गी, सुभेष झा, मिनबहादुर चौहान, राजेन्द्रगोपाल तण्डुकार र सन्जेशमान डंगोल निर्वाचित भएका छन् ।
अहिले क्षेत्र ६, ९ र १० मा मतदान जारी छ । कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन गर्दैछ । आगामी मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन भने काठमाडौंमा हुँदैछ ।


















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सुजन बाग श्रेष्ठले चौथो पटक छेडाए जिब्रो
नयाँ उद्देश्य, लक्ष्य र मूल्य मान्यतासाथ अघि बढ्दै नबिल बैंक
रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्ने सङ्केत
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया