सोमबार, मंसिर २९, २०८२

कुमारी बैंकविरुद्ध इन्जिनियरहरु धर्नामा

मेरोन्यूज २०७८ मंसिर ७ गते २०:३२

काठमाडौं । कुमारी बैंकले मूल्याङ्कनकर्ता इन्जिनियरलाई फसाएको भन्दै इन्जिनियरहरुले आन्दोलनमा उत्रिएका छन् ।

कुमारी बैंकका विरुद्ध इन्जिनियर्सहरुको संस्था नेपाल भ्यालुयर्स एसोसिएसनले आन्दोलन थालेको छ ।

बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपूर्ति गर्ने विषयलाई विरोधस्वरूप विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।

एसोसिएसनले विभिन्न मागहरूसहित इन्जिनियर राजेशकुमार चौरसीयालाई निर्शत रिहाईको माग गदै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै आइरहेको छ । एसोसिएशनले चौरासियालाई निःशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।

नेपाल भ्यालुयर्स एसोसिएसनले कुमारी बैंकविरूद्ध विरोध प्रदर्शन गरेको छ । गलत नियतले बैंकले मूल्याङ्कनकर्ता इन्जिनियरलाई जेल हालेको विषयमा मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणीलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता इन्जिनियरबाट परिपूर्ति गर्ने विषयलाई विरोधस्वरूप विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।

एसोसिएसनले विभिन्न मागहरू सहित इन्जिनिर राजेशकुमार चौरसीयालाई निर्शत रिहाईको माग गदै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गदै आइरहेको छ । एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।

प्रतिक्रिया