एनआरएनले अब नेपालमा डलर खाता खोल्न पाउने
मेरोन्यूज
२०७८ मंसिर ७ गते २०:४५

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएनए) ले अब नेपालमा डलर खाता खोल्न पाउने भएका छन् ।
वित्तीय परिचालनका लागि डलरमै डिपोजिट र विथड्र गर्न मिल्ने गरी एनआरएनएहरुलाई खाता खोल्ने सुविधा प्रदान गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न पनि गर्नुपर्ने बताए ।
डलरमै पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान समेत पाउने सहज वातावरण मिलाएमा पैसा आउने मन्त्री शर्माले विश्वास ब्यक्त गरे ।
हामी डिजिटल कारोबारमै जान नसकेको उनले स्वीकार गरे । पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया