कांग्रेस महाधिवेशन प्रतिनिधी
यी ‘हेभिवेट’ नेता हारे, यी नेताका आफन्त जितेर आए
शेरवहादुर, रामचन्द्र र प्रकाशमान सिंहको परिवारका सदस्य पनि महाधिवेशन प्रतिनिधी बनेर आईरहँदा कतिपय ‘हेभिवेट’ नेताले भने महाधिवेशन प्रतिनिधीमा चुनाव हारेका छन्

काठमाडौं । नेपाली कांग्रेस अहिले देशभर पार्टीको महाधिवेशन प्रतिनिधी चयन गर्ने क्रममा छ । निर्वाचन समितिले बनाएको कार्यातालिका अनुसार, देशभरका ६० वढी जिल्लामा उसले महाधिवेशन प्रतिनिधीका लागि हिजो मतदान सम्पन्न गरेको छ ।
यसका रिजल्टहरु कतिपय स्थानमा आएका छन्, कतिपयमा आउनेक्रममा छ । महाधिवेशन प्रतिनिधी चयन भएका नतिजा सार्वजनिक भईरहँदा कतिपय स्थानवाट हेभिवेटका नेताहरु पराजित भएका छन् । कतिपय स्थानवाट नेताका छोरा छोरी र श्रीमतिहरु पनि महाधिवेशन प्रतिनिधी चुनिएर आएका छन् ।
महाधिवेशन प्रतिनिधीका लागि भएको चुनावमा कांग्रेसको केन्द्रीय कार्यालयकै मुख्यसचिव देखि कतिपय सांसदहरुसमेत महाधिवेशन प्रतिनिधी चुनिन नसकी पराजित भईरहेका छन् । तर कतिपय कांग्रेसका नेताका आफन्तहरु भने महाधिवेशन प्रतिनिधीमा चुनिएका छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ मा भएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट उनी पराजित भएका हुन्। उनले जम्मा ८३ मत ल्याएका थिए।
१३ औं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष लडेका कास्कीका नेता कृष्णकुमार कार्की यसपालि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। कास्की क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि लडेका कार्की ११ मतले पराजित भएका हुन्।
कांग्रेसका स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’, प्रतिनिधि सभाका सांसद मोहनप्रसाद पाण्डे, राष्ट्रिय सभाका पूर्वसदस्य एवं पूर्व स्याङ्जाजिल्ला सभापति खगेन्द्रराज रेग्मी, पूर्वसांसद एवं सभापति शंकरप्रसाद पाण्डे, भोजराज अर्याललगायत पराजित भएका छन्।
नेपाल विद्यार्थी संघ ९नेविसंघ० की महामन्त्री महेश्वरी कुँवर पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।
उनी पाल्पा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि उठेकी थिइन्। कुँवरले जम्मा ३१४ मत ल्याएकी थिइन्। उनी प्रत्यक्ष खुला महिलातर्फ महाधिवेशन प्रतिनिधि उठेकी थिइन् ।
तर काग्रेसका सभापति समेत रहेका शेरवहादुर देउवा भने आफै स्वत महाधिवेशन प्रतिनिधी हुन पाउने भएपनि डडेलधुरावाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधी बनेका छन् । देउवामात्र होइन, देउवाकी पत्नी आरजु राणा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि भएकी छन्। आरजु खुल्ला महिलातर्फ महाधिवेशन प्रतिनिधि उम्मेदवार बनेकी थिइन्। आरजु निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी हुन्।
रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पोखरेल पौडेल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्।
कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवारी दिएर संज्ञा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्। उक्त क्षेत्रबाट ४ जना खुला महिलाका लागि ११ जना उम्मेदवार थिए। संज्ञाले दोस्रो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेकी हुन्। उनले ३९५ मत ल्याएकी थिइन्।
त्यस्तै पार्टी सभापतिमा चुनाव लड्ने घोषणा गरिरहेका नेता प्रकाशमान सिंहको छोरा प्रभाशमान सिंह महाधिवेशन प्रतिनिधि बनेका छन्। छोरा मात्रै होइन, प्रकाशमानको श्रीमति पनि महाधिवेशन प्रतिनिधी बनेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रभाशमान र प्रकाशमानकी श्रीमति सिर्जना सिंह सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । अव प्रकाशमानको घरमै तीन जना महाधिवेशन प्रतिनिधी भएका हुन ।








दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया