कांग्रेस १४ औं महाधिवेशन
महाधिवेशन प्रतिनिधि बन्न सकेनन् जिल्ला सभापति, संघीय सांसद, पूर्वमन्त्री
को–को भए पराजित ?

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बहालवाला पार्टीका जिल्ला सभापति, संघीय सांसद, पूर्वमन्त्री, प्रदेश सांसद तथा नेपाली विद्यार्थी संघका केन्द्रका वर्तमान र पूर्व केन्द्रीय पदाधिकारी महाधिवेशन प्रतिनिधि मै पराजित भएका छन् । मुख्यगरी धेरै स्याङ्जा र कञ्चनपुरमा वर्तमान जिल्ला सभापतिसहितका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
स्याङ्जामा कार्यवाहक जिल्ला सभापति कुमार राना क्षेत्र नं १ बाट पराजित भएका छन् । त्यस्तै प्रतिनिधि सभा सदस्य मोहन पाण्डे क्षेत्र नं २ बाट पराजित भएका छन् । स्याङ्जा कांग्रेसका पूर्वसभापति खगेन्द्र रेग्मी क्षेत्र नं २ बाट पराजित भएका छन् । त्यहाँ केन्द्रमा सभापतिको उम्मेद्वारी घोषणा गरेका कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र राजु थापाबीच प्यानल बनाएर प्रतिष्पर्धा हुँदा श्रेष्ठतर्फ लागेका धेरैको विल्लिपाठ भएको हो । केन्द्रमा भने दुवै नेता संस्थापन पक्षका हुन् ।
त्यस्तै कञ्चनपुरमा जिल्ला सभापति हरि बोहोरा पनि महाधिवेशन प्रतिनिधि मै पराजित भएका छन् । उनी क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । उनले फेरि जिल्ला सभापति दोहर्याउने तयारी गरिरहेका थिए । त्यस्तै कञ्चनपुरका जिल्ला उपसभापति बन्धु राणा र सचिव इश्वरी जोशी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । राना कञ्चनपुर १ बाट र जोशी कञ्चनपुर ३ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
यता नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल काठमाडौँ ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भए । काठमाडौँ ७ बाटै नेपाल विद्यार्थी संघका पूर्व निर्वाचित महामन्त्री सरोज थापा पनि पराजित भए । ललितपुर ३ बाट कांग्रेस पूर्वकेन्द्रीय सदस्य पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ पराजित भए ।
कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रको कोषाध्यक्ष लडेका कृष्णकुमार कार्की कास्की क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भए । उनी अहिले कास्कीको सभापति लड्ने तयारीमा थिए । कास्की क्षेत्र नं २ बाटै पूर्वसांसद विन्दा राना पनि पराजित भएकी छन् ।
नेपाल विद्यार्थी संघका महामन्त्रीद्वय बलदेव तिमिल्सिना र महेश्वरी कुँवर पनि पराजित भएका छन् तिमिल्सिना सिन्धुपाल्चोकमा क्षेत्रीय प्रतिनिधिमा र कुँवर पाल्पामा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । कुँवर पाल्पा २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
गृहमन्त्री खाणका ४ स्वकीय पराजित
गृहमन्त्री बालकृष्ण खाणका चार सहयोगी पराजित भएका छन् । नीजि सचिव नरेन्द्र केसी चितवनबाट महाधिवेशन प्रतिनिधिमा, स्वकीय सचिव विजेश न्यौपाने र सञ्जिव बस्याल रुपन्देहीबाट प्रदेश प्रतिनिधिमा र फोटो पत्रकार दिनेशजंग शाह काठमाडौंबाट प्रदेश प्रतिनिधिमा पराजित भएका हुन् ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया