कांग्रेसको जिल्ला अधिवेशन: २६ मा १४ जिल्लामा देउवा समुहका सभापति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २६ जिल्लामा अधिवेशन सकिएको छ । दशंै अघि १४ हिमाली जिल्लामा अधिवेशन सकिएको थियो ।
एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गतेबाट अधिवेशन भएकोमा २१ मध्ये १२ जिल्लाको नतिजा आएको केन्द्रिय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका एक सदस्यका अनुसार अहिलेसम्म २६ जिल्लाको मत परिमाण आइसकेको र अन्यकोे आउँने क्रममा जारी छ ।
मंसिर १० मा एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन हँुदैछ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मतपरिणाममा जिल्ला सभापतिमा देउवा पक्ष अगाडि देखिएको छ ।
यद्यपी देउवा र पौडेल पक्षले सर्वसम्मत रूपमा सभापति जितेकाहरू भने आ–आफ्नो पक्षका दाबी गर्दै आएका छन् ।
पौडेल– कोइराला पक्षले जितेका जिल्ला सभापति
भोजपुर, सभापति-विनोद वान्तवा (पौडेलभित्र पनि कोइराला परिवा निकट)
अर्घाखाँची, सभापति-केशव श्रेष्ठ
बैतडी, सभापति-चतुरबहादुर चन्द
दोलखा, सभापति-बर्मा लामा (कोइराला परिवार निकट)
गोरखा, सभापति-नन्दप्रसाद न्यौपाने (गगन थापा निकट)
रूकुमपूर्व, सभापति-केशरमान रोका
कालिकोट, सभापति-अम्बबहादुर शाही
संखुवासभा, सभापति-दीपक खड्का (शंशाक कोइराला निकट)
मुस्ताङ, सभापति-रोमी गौचन थकाली
प्युठान, सभापति-विष्णुकुमार गिरी
बाजुरा, सभापति-रामसिंह रावल
तेह्रथुङ, सभापति-अजुर्न बहादुर तुम्हाम्फे (कोइराला परिवार निकट)
देउवा पक्षले जितेका जिल्ला र सभापतिः
पाँचथर, सभापति-रूपनारायण जवेगु
ताप्लेजुङ, सभापति-गजेन्द्रप्रसाद तुम्याहाङ
लमजुङ, सभापति-टकराज गुरूङ
सल्यान, सभापति-केशवबहादुर विष्ट
डोल्पा, सभापति-दीपेन्द्रबहादुर शाही
डडेल्धुरा, सभापति-भीमबहादुर साउद
जुम्ला, सभापति-कर्णबहादुर शाही
म्याग्दी, सभापति-खमबहादुर गर्बुजा
मुगु, सभापति-ऐनबहादुर शाही
मनाङ, सभापति-शंकर गुरूङ देउवा
हुम्ला, सभापति-मोहनविक्रम सिंह
बझाङ, सभापति-खडक बोहरा
रामेछाप, सभापति-पूर्णबहादुर (कान्छाराम) तामाङ
जाजरकोट, सभापति-बेदराज सिंह

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया