एशिया सेल्टर फोरम वार्षिक सम्मेलन हुँदै

काठमाडौं । सरकारले एशिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ ।
शहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एशिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो ।
सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा जूम मिटिङबाट सहभागीता जनाउन सकिनेछ भने भौतिक रुपमा उपस्थित हुन चाहनेहरुले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा जानुपर्नेछ ।
सम्मेलनको उद्घाटन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्नेछिन् भने आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरुको बारेमा छलफल हुने बताइएको छ ।
सबै सत्रहरुमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिने गैसस महासंघ नेपाल तथा आवास पुनस्र्थापना तथा पुनर्निर्माण समन्वय मञ्च (एचआरआरपी) का राष्ट्रिय संयोजक मिनार थापामगरले जानकारी दिए ।
उनले सम्मेलनमा दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिने बताउँदै सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने बताए ।
राष्ट्रिय संयोजक थापामगरले सम्मेलनले विभिन्न देशहरुमा हालै भएका विपद्का घटनाबाट सिकाएको पाठ, अनुभव तथा त्यसको प्रतिकार्यबारे पनि छलफल गर्ने बताए । सम्मेलन यही मंसिर ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया