दिगो इलेक्ट्रोनिक विद्युतीय पिकअप गाडी बजारमा

काठमाडौं । दिगो इलेक्ट्रोनिक भेहिकलले विद्युतीय गाडी ज्याक इटी एट् गाडी नेपाली बजारमा ल्याएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सलेले ज्याक इटीएट् गाडी सार्वजनिक गरेको हो ।
ज्याक इटी ८ गाडीको नेपालमा ७२ लाख रुपैयाँ मूल्यमा पर्ने कम्पनीले बताएको छ । गाडी डिसी चार्जिङमा दुई घण्टा र एसी चार्जिङ साढे १६ घण्टामा फूल चार्ज हुने बताइएको छ । फूलचार्जमा गाडी ३०० किलोमिटर गुड्ने छ ।
पिकअफ एक सय १० किलोमिटर दिन्छ । ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो । अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडि २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ ।
चाइनिज कम्पनी ज्याक मोटर्सले उत्पादन गरेको यो गाडी नेपालमा दि गो इलेक्ट्रोनिक बिक्री गर्नेछ । ११० किलोवाट विद्युत सञ्चय गर्ने यस गाडीमा लिथियम् आयोन फस्फेट ब्याट्री प्रयोग भएको छ ।
गाडीले ११० किलोवाट बिद्युतले ३३० एन्एम् टर्क क्षमता उत्पादन गर्दछ । ५ जना सम्म बस्न मिल्ने क्याबिन भएको यो गाडीमा सुरक्षाका अत्याधुनिक सुविधा र फिचर उपलब्ध रहेका छन् ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया