ओलीकै तीन नेताले महासचिवमा प्रस्तुत गरे दाबेदारी
सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति आफु निकटका केही नेताहरुसँग ओलीले गरेको छलफलमा उनी निकटकै तीन नेताले महासचिवको दावेदारी प्रस्तुत गरेका छन्

चितवन । नेकपा एमालेमा अध्यक्ष केपी ओली आज देखि शुरु हुने दशौं महाधिवेशनवाट फेरि पनि अध्यक्ष जित्ने पक्का भएपनि महासचिव को हुन्छ ? सवैको चासो छ । त्यसो त वरिष्ठ उपाध्यक्ष सहितका अन्य पदाधिकारीका बारेमा पनि नेता देखि कार्यकर्ताहरुको चासो नभएको होइन । तर पनि अध्यक्ष पछिको कार्यकारी मानिने महासचिवमा ओलीले आफुले रुचाएका पात्रलाई मात्र ल्याउन सक्ने भएकोले ओलीको महासचिव को भन्ने चर्चा पनि यतिवेला चलेको छ ।
सकभर सहमतिमा नभएपनि चुनाववाट महासचिव आउने छन् । तर चुनाव दुवै विधि जुन अवलम्न गरेपनि त्यसरी आउने महासचिवलाई ओलीको धाप अनिवार्य आवश्यक पर्छ । त्यसका लागि पनि ओलीले कसलाई महासचिव बनाउँलाने ? अहिले सवैको चासो त्यतै छ ।
महाधिवेशनका लागि विहिवार दिउँसो नै चितवन पुगेका ओलीले पदाधिकारीका बारेमा हिजोवाटै आफु निकटका नेताहरुसँग परामर्श थालेका छन् । उनले उदघाटन सत्र सकेपछि बोलार्ईएको सथायी समिति र लगत्तैको केन्द्रीय समिति बैठकमा पदाधिकारीको प्रस्ताव लैजान सक्ने भएकोले पनि नेताहरु अहिले ओलीका नजरमा पर्न दौडादौडमा छन् । ओलीले सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति आफु निकटका केही नेताहरुसाग अलग्गै छलफल गरेका थिए ।
उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले उक्त छलफलका क्रममा अव आफुलाई महासचिव बनाउनु पर्ने भन्दै आ -आफनो दलिल ओली समक्ष पेश गरेका थिए ।
पोखरेललाई उपाध्यक्ष ईश्वर पोखरेल र विष्णु रिमालले साथ दिएका थिए । पौडेललाई भने सुवास नेम्वाङलगायतले साथ दिएका छन् । महासचिवमा सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङले समेत आकांक्षा देखाईरहादा प्रदीप ज्ञवाललिे पनि मुख फोरेरै आफुलाई महासचिव बनाउन ओली समक्ष माग गरेका छन् ।
ओलीले आफु सर्वसहमतीमा अध्यक्ष बन्न चाहेपनि उनलाई उपाध्यक्ष भीम रावलले चुनौति दिएका छन् । रावलले ओलीसग अध्यक्षमा चुनावी प्रतिस्पर्धा गर्ने बताईसकेका छन् ।









नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया