एमाले महाधिवेशन : निस्कन थाले जुलुश (भिडियोसहित)

चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटन समारोह स्थल नारायणी नदी किनारमा नेता तथा कार्यकर्ता उपस्थित हुन सुरु भएको छ । शुक्रबार दिउँसो उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट नेता तथा कार्यकर्ता आउने क्रम सुरु भएको हो ।
आज बिहानदेखि चितवनमा महाधिवेशनका लागि जनलहर आउन सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् । महाधिवेशन उद्घाटनमा सहभागी हुन पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरुको बाक्लो उपस्थिति रहेको छ । चितवनबाट बाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलले जानकारी दिइन् ।
चितवनका सबै स्थानीय तहका ९८ वटा वडा, दुई वटा शाखा कमिटी तथा भातृ संगठनबाट एक लाख मानिस उतार्ने गरी तयारी भएको जिल्ला अध्यक्ष रावलले बताइन् । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदी किनारमा मानिसहरूको व्यापक सहभागिता हुने भएको छ ।
जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ भन्दा बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको छ । दिउँसो उद्घाटन हुने महाधिवेशनको बन्द सत्र भोलि र पर्सी सौराहामा हुने छ ।


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया