बिहीबार, वैशाख ३, २०८३

एमालेलाई कमल थापाको आग्रह : देश जोगाउन साहासिक निर्णय गर्नुस्

मेरोन्यूज २०७८ मंसिर १० गते १४:०६

चितवन । राप्रपाका अध्यक्ष कमल थापाले देश संकटमा परेको र त्यस संकटवाट देशलाई बचाउन साहासिक निर्णय एमालेको महाधिवेशनले लिनुपर्ने बताएका छन् । एमालेको महाधिवेशनलाई शुभाकामना दिदै राप्रपा अध्यक्ष थापाले केपी ओलीले दुई ओटा महत्वपूर्ण काम पछिल्लो पटक सरकारमा रहँदा गरेको बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उनले विप्लवहरुलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने र मधेसमा पृथकतावादी आन्दोलन गरिरहेकालाई पनि मुलधारमा ल्याउने काम केपी ओली नेतृत्वको सरकारले गरेको र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा संविधानमै समेटेकोमा पनि धन्यवाद दिए ।

‘ओलीको नेतृत्वको पछिल्लो सरकारको गतिविधिवाट भने म त्यक्ति धेरै सन्तुष्ट छैन । पार्टीभित्रको आन्तरिक कलह र विवादको कारणले सायद उहाँ र नेकपाले जनतालाई दिएको आवश्वासन पूरा गर्न सकेन,’ कमल थापाले भने,–‘तर पनि दुई ओटा प्रम्ुख कामका लागि केपी ओली र तपाईको पार्टीलाई सम्झनेछ । पहिलो मधेसमा देखा परेको पृथकतावादी आन्दोलन र विप्लवलाई शान्तिपूर्ण आन्दोलनमा ल्याउने काम गरेर महत्वपूर्ण काम भएको छ । अर्काे केपी ओलीकै नेतृत्वमा लिम्पियाधुरासमम सिमा रक्षाको लागि प्रतिवद्धता गरेको छ र चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा सस्थागत गरेर नेपाल र नेपाली जनतालाई अविश्वमरणीय गुण लगाउनु भएको छ ।’

एमाले देशको सवैभन्दा ठूलो पार्टी भएको भन्दै थापाले देशमा अहिले पनि संकट देखा परिरहेकोले यो वेला एमालेले साहासिक निर्णय लिनुपर्ने बताए ।

‘हामी काहा जान भनेर हिडेका थियौं, हामी काहाँ आईपुगेका छौं, एमालेका महाधिवेशन प्रतिनिधीले यसलाई गम्भिरता पूर्व लिनुहुनेछ । लोकतन्त्रको आवरणमा देश सर्वसत्तावाद तिर जान खोजेको देखिन्छ । योजनावद्द र संगठित रुपमा गरिएको धर्म परिवर्तनले हामी नेपालीको सनातन सास्कृतिक धर्मलाई समाप्त पार्ने कोसिस भइृरहेको छ’ थापाले भने ।

वह्य शक्तिको चलखेल र प्रभाव अहिले पनि वढेर गएको भन्दै थापाले देशलाई एमालेको अहिले साहासिक निर्णय आवश्यक रहेको वताए । ‘देशले तपाईहरुवाट साहासिक निर्णय गर्छ भन्ने अपेक्षा छ । केपी ओली जस्तो ढृढ अडान र राष्टवादी सोच भएको नेताले नेतृत्व गरेको पार्टीले यो देशलाई संकटवाट मुक्त गराउन भूमिका खेलोस् ।’ थापाले भने ।

प्रतिक्रिया