नबिल बैंकको सामाजिक उद्यमशीलता विकास कार्यक्रम शुरु

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप शुरु गरेको छ ।
बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर शुरुवात गरेको छ ।
बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्ने उद्देश्य लिएका बताएको छ ।
यस कार्यक्रम मार्फत बैंकले स्थानिय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सिप र वित्तिय सहयोग प्रदान गर्ने बताइएको छ ।
त्यस्तै, यस कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोशिप कार्यक्रम गरी दुई किसिमका रहेका छन् । जसमध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पसँग सम्झौता गरेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने शाहले बताए ।
प्रमुख अधिकृत शाहले नविलको एसएसई कार्यक्रमको दुबै कोर्ष पुरा गरेको व्यक्ति उद्यमशीताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको उल्लेख गरे ।
उनले नविल बैंक स्थापना कालदखि नयाँ–नयाँ कामको सुरुवात गर्ने बैंक बन्दै गएको बताए ।
कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् ।
तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले बताएको छ ।
उक्त कार्यक्रम सात प्रदेश मध्ये प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा विरगन्ज पब्लिक कलेज, बागमती प्रदेशमा काम्पिएन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदुर पश्चिमाञ्चलको सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको छ ।
अब नविलको सात प्रदेशको यी कलेजमा सामाजिक उद्यमशीता कार्यक्रम पढाई हुनेछ ।










विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया