राजावादीहरु राजसंस्था र हिन्दु राष्ट्र माग गर्दै मार्चपासको तयारीमा
मेरोन्यूज
२०७८ मंसिर १० गते १९:४९

काठमाडौं । राजवादीहरुले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा मार्चपासको तयारी गरेका छन् ।
शाही युवा शक्ति नामको राजावादी समूहले शुक्रबार पत्रकार सम्मेलन गरी मार्चपासको तयारीबारे जानकारी गराएको हो ।
उनीहरुले राजसंस्था र हिन्दूराष्ट्र पुनः स्थापनाको माग गर्दै मंसिर १८ गते मार्चपाससहित वसन्तपुरमा प्रदर्शन गर्ने भएको छन् । मार्चपासमा काठमाडौंका नेवार समुदायलाई सहभागी गराउने उनीहरुको तयारी छ ।
नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरिएको पत्रकार सम्मेलनमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले आरोप लगाए ।
उनले काठमाडौँका नेवार समुदायको विशाल विरोधले गुठी विधेयक फिर्ता भएको पनि पत्रकार सम्मेलनमा स्मरण गराए ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया