एमालेमा सर्वसम्मति नेतृत्व चयनको प्रयास, थपिए पदाधिकारी-ब्यूँतियो पोलिटब्युरो

काठमाडौँ । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार राति १ः३० बजे बस्दै विधान संशोधन गरेको छ । बैठकले पदाधिकारी र सदस्यहरूको संख्या थप गर्ने निर्णय गरेको हो ।
संशोधित विधानअनुसार नेकपा एमालेको पदाधिकारीको संख्या थपेर १५ बाट १९ हुने भएको छ । सर्वसम्मतमा नेतृत्व चयन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई उपाध्यक्ष र दुई महासचिव थप गर्ने प्रस्ताव गरेका थिए ।
असोज तेस्रो साता ललितपुरमा भएको पार्टीको विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको थियो । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव हुने व्यवस्था गरेको थियो ।
यस्तै, विधान महाधिवेशनले पोलिटव्यूरो खारेज गरी ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । तर, शुक्रबार १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि बसेको बैठकले पोलिटब्युरो ब्यूँताउने भएको छ भने केन्द्रीय कमिटीमा ३०१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।
पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङका अनुसार अब एमाले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, महासचिव, तीन उपमहासचिवर सात सचिव हुने भएको छ । यस्तै, उनले दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी संख्या १९ पुर्याएको जानकारी दिएका हुन् ।
यसैगरी, ४५ सदस्यीय स्थायी कमिटी कायमै राख्ने, ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने र २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव बैठकले अनुमोदन गरेको जनाएको छ ।


















बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया