पाल्पा कांग्रेसमा संस्थापनइतरको हिमालको समूह नै विजयी

काठमाडौँ । नेपाली कांग्रेस पाल्पाको जिल्ला सभापतिमा हिमाल दत्त श्रेष्ठले जितेका छन् । उनी संस्थापनइतर समूहकाबाट सभापति उठेका थिए । पार्टी मातहतका जिल्लाभित्रका सबै अधिवेशनमा देउवा पक्षका निकै थोरै मात्रै उम्मेदवारहरू विजयी भएकाले जिल्ला समितिमा उनीहरुका उम्मेदवार सबै पराजित भएका हुन । देउवा पक्षले कृष्णप्रसाद बस्यालको नेतृत्वमा उम्मेदवार चुनावी मैदानमा उतारेको थियो ।
बस्याललाई श्रेष्ठले दोब्बरभन्दा बढी मतान्तरले जितेका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् । जिल्ला कार्य समितिमा मतदान गर्न छानिएका अधिकांश क्षेत्रीय प्रतिनिधि कांग्रेसको संस्थापनइतर समूहका भएकाले जिल्ला कार्य समितिमा पनि उनीहरुकै पक्षका सबै उम्मेदवारले जितेका हुन् ।
वर्तमान जिल्ला सभापति वीरबहादुर रानाको नेतृत्वको टोलीले संस्थापनइतरको शसक्त समूह बनाएपछि उनीहरुका सबै उम्मेदवारले जितेको कांग्रेस महासमिति सदस्य तथा रामपुरका मेयर रमण थापाले जानकारी दिए ।
श्रेष्ठको समूहबाट पार्टीका वर्तमान जिल्ला सचिव तथा पत्रकार महासंघका पूर्व अध्यक्ष झपेन्द्र गहिरे र क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सभापति ज्ञान बहादुर गाहा उपसभापतिमा निर्वाचित भए ।
त्यसैगरी जिल्ला सचिवमा क्षेत्र नं. १ कै निवर्तमान क्षेत्रीय सभापति सन्तोषकुमार थापा मगर र नेविसंघकी पूर्व जिल्ला अध्यक्ष तथा कांग्रेसकी महासमिति सदस्य सुनिता अधिकारीले जितेका छन् ।
त्यसैगरी सहसचिवमा मगर विद्यार्थी नेता विष्णु थापा र हामिद मियाँ निर्वाचित भएका छन् । कांग्रेसको विधानमा उपसभापति, सचिव र सहसचिव दुई–दुई जना रहने व्यवस्था छ भने कोषाध्यक्षपछि मनोनित गर्ने व्यवस्था गरिएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया