बडुवाल हत्यामा संलग्न थप २ जना पक्राउ

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा आरोपितलाई भाग्न सघाउने थप दुई जना पक्राउ परेका छन् । कैलालीको बौनीया र बर्दियाबाट दुई जनालाई पक्राउ गरिएको हो ।
आरोपितलाई भाग्न सघाएको आरोपमा सविनजंग शाह र लोकेन्द्र कुँवर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षकविश्व अधिकारीले बताए । उनीहरुलाई सहयोग गरेको अभियोगमा धनगढीका विश्वास शाहलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।
उनी नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य हुन् । शाहलाई सोमबार तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘सविनजंग र लोकेन्द्रले हत्याका आरोपितलाई गाडी खोजेर भाग्न सहयोग गरेको खुलेको छ,’अधिकारीले भने, ‘ती दुवै जनालाई मतियार बनाएर मुद्दाअगाडि बढाइएको छ । विश्वासलाई भने सोधपुछका लागि ल्याइएको हो । उनी घटनामा संलग्न भने देखिएका छैनन् । तर घटनापछि सविनजंगसँग उनको कुराकानी भएको छ।’
घटनाका योजनाकार भनिएका नविन रावललगायतका केही आरोपित अझै फरार छन् । आरोपित ११ जनालाई भने प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।















इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया