करिडोरमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १३ गते १९:५१

बलेवा । बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन ।
दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेको छ । ट्र्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
सम्बन्धित












प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया