म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर १४ गते ६:१८

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगमा जिप दुर्घटना भएको छ । घटनामा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।
बेनीबाट सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप सोमबार साँझ पाँच बजेतिर दुर्घटना भएको हो । मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् ।
मृत्यु हुनेमा ३० वर्षीया गौमाया विक, जिप चालक ३५ वर्षीय दुतबहादुर थापा, ३० वर्षीय खिमु पुन र ४५ वर्षीय खिमानन्द शर्मा रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार गौमाया विक रघुगंगा गाउँपालिका १ बेगकी निर्वाचित वडा हुन् ।
दुर्घटनामा ५४ वर्षीय बलबहादुर विक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहरुको कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित


















इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया