सोमबार, मंसिर २९, २०८२

प्रचण्ड श्रद्धाञ्जली सभामा सहभागी हुन रुपेन्देही जाने

मेरोन्यूज २०७८ मंसिर १४ गते ८:१६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूपन्देही जाने भएका छन् । सडम दुर्घटनामा मृत्यु भएका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज रामप्रसाद बञ्जाडे ‘टंकमणि’को श्रद्धाञ्जली सभामा सहभागी हुन उनी मंगलबार रुपन्देही जान लागेका हुन् ।

प्रचण्ड आज बिहान १० बजे बञ्जाडेको घर रहेको बुटवल जितगढीमा पुग्ने भएका हुन् । बञ्जाडेको मृत्युपछि रूपन्देहीमा माओवादीको पूर्वनिर्धारित पालिका सम्मेलत स्थगित भएको थियो ।

प्रतिक्रिया