सूची बाँड्ने र विरोध गर्दा जाइलाग्ने कार्यको निन्दा गर्दछु : भिम रावल
मेरोन्यूज
२०७८ मंसिर १४ गते ८:५६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार डा. भिम रावलले निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै विरोध जनाएका छन् । मतदान सुरु भएपछि मतदान स्थानमा अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली पक्षले भोट नहाल्ने सूचीको पर्चा बाँडेको भन्दै विरोध जनाएका हुन् ।
पार्टीमा धब्बा लाग्ने र लोकतन्त्र कमजोर बनाउने बताउँदै उनले निर्वाचन आयोग र सुरक्षाकर्मीले गलत काम रोक्न आग्रह गरे । ‘मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु,’ उनले भने, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ, यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’
एमालेको १० औँ महाधिवेशन गत शुक्रबारदेखि चितवनमा जारी छ ।

सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया