सोमबार, मंसिर २९, २०८२

सूची बाँड्ने र विरोध गर्दा जाइलाग्ने कार्यको निन्दा गर्दछु : भिम रावल

मेरोन्यूज २०७८ मंसिर १४ गते ८:५६

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार डा. भिम रावलले निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै विरोध जनाएका छन् । मतदान सुरु भएपछि मतदान स्थानमा अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली पक्षले भोट नहाल्ने सूचीको पर्चा बाँडेको भन्दै विरोध जनाएका हुन् ।

पार्टीमा धब्बा लाग्ने र लोकतन्त्र कमजोर बनाउने बताउँदै उनले निर्वाचन आयोग र सुरक्षाकर्मीले गलत काम रोक्न आग्रह गरे । ‘मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु,’ उनले भने, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ, यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

एमालेको १० औँ महाधिवेशन गत शुक्रबारदेखि चितवनमा जारी छ ।

प्रतिक्रिया