एमाले महाधिवेशनमा सकियो नौ करोड रुपैयाँ

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा करिब नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा केही दिन महाधिवेशन लम्बिँदा खर्च बढेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
कार्यालय सचिव तामाङले दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म हुँदा करिब डेढ करोड खर्च बढेको बताए । ‘साढे सात करोडमा सक्ने योजना थियो, तर अधिवेशन लम्बिँदा नौ करोड रुपैयाँसम्म खर्च भएको अनुमान छ,’ उनले भने, ‘सहमतिमै नेतृत्व चयन हुने अनुमान थियो, त्यसैअनुसार तयारी गरियो, तर चुनाव नै हुने भएपछि खर्च बढ्न पुग्यो ।’
अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष दिने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि महाधिवेशन मतदान प्रक्रियामा गएको थियो । मतदान प्रक्रियामा गएसँगै महाधिवेशन थप दुई दिन लम्बिएको हो ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान सकिएको छ । मतदानमा दुई हजार ११४ जनाले मतदान गरेका छन् । मतदान सकिएसँगै केहीबेरमा मत परिमाण आउने निर्वाचन आयोगले जनाएको छ ।
चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् ।
सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनावी मैदानमा रहेका छन् ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया